PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

मतदाता नामावली संकलन वैशाख २ बाटः विवरण सच्याउने र ठाउँ सारी गर्ने सुविधा पनि



पहिलोपोस्ट

मतदाता नामावली संकलन वैशाख २ बाटः विवरण सच्याउने र ठाउँ सारी गर्ने सुविधा पनि

काठमाडौंः निर्वाचन आयोगले वैशाखको पहिलो हप्ताबाट मतदाता नामावली पुन संकलन गर्ने भएको छ। आज आयोगले विज्ञप्ति जारी गर्दै वैशाख २ बाट नामावली संकलन गर्ने जनाएको हो।

क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालयमा यो सेवा सुरु हुने आयोगले जनाएको छ। ‘निर्वाचन आयोगले मिति २०७५ साल बैशाख २ गते आइतबार देखि सबै क्षेत्रीय÷जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) गर्नुपर्ने भए सोको लागि निर्धारित अनुसूची बमोजिम निवेदन लिई अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ,’ आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell