काठमाडौं : १७ महिना अगाडि भारतले प्रतिबन्ध लगाएको पाँच सय र हजारका नोट बिक्री गरेर लाखौं कमाउने सपना देखेका थिए सुनिलदेव वैश्यले। १ हजारको भारतीय नोट २ सयमा किनेर ४ देखि ५ सय नेपाली रुपैयाँसम्म बिक्री गर्ने लक्ष्य थियो उनको। लाखौको फाइदा आउने यो काममा उनको पार्टनर थिए चेतबहादुर नेपाली।
वैश्यले आफ्नो जग्गा बेचेर लगानी गरे प्रतिबन्धित नोटमा। ४९ लाख एकतीस हजार पाँच सयको भारु नोट किने। १ हजारका २२ सय ६ वटा र ५ सयका ५ हजार ४५१ थान। सस्तोमा किनेर महँगोमा बेच्ने तयारी गर्दैगर्दा सुनिल र उनका साथी काठमाडौंको लाजिम्पाटबाट पक्राउ परे।
यतिखेर आएर सुनिलको नोटमा लगानी बालुवामा पानी जस्तै भएको छ। प्रहरी हिरासतमा रहेका सुनिलले भने, 'जग्गा बेचेर नोटमा लगानी गरेको थिएँ सबै स्वाहा भयो।'
उनीहरुले कसलाई नोट बेच्न लागेका थिए भने खुल्न नसकेको परिसरका प्रमुख एसएपी विश्वाराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने, 'गोप्य सुचनाको आधारमा पक्राउ गरेका हौं। उनीहरुले किन र कति फाइदामा प्रतिबन्धित नोटको कारोबार गरिरहेका छन् भन्ने अनुसन्धान गरिरहेका छौं।'
जग्गा बेचेर भारु किनेको बयान दिएको भए पनि उनीहरु 'भरिया' हुन् वा मुख्य कारोबारी भन्ने अनुसन्धान भइरहेको एसएसपी पोखरेलले बताए।
भारतले नोट प्रतिबन्ध गरेपछि नेपालमा तस्करहरुले प्रतिबन्धित नोटको कारोबार गर्न छाडेनन्। 'नेपालमा प्रतिबन्धित नोटको कारोबार भएको सुचना आएको छ। हामीले अप्रेसन शुरु गरिसकेका छौं। केही समयमा नै कारोबारीको धन्दा अन्त्य हुन्छ,' पोखरेलले भने।
भारतले नोट प्रतिबन्ध लगाएपछि नेपालमा रहेको 'खोटा नोट' सटहीको विषय अझै सुल्टिसकेको छैन। भर्खरै सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबाट पनि यो विषय पार लागेन। ठीक यस्तो अवस्थामा भारतबाट भित्रेको नोटको कारोबारको एउटा पाटो खुलासा भएको छ। नेपालमा रहेको भारतीय मुद्राको सटही विषयलाई यस्ता घटनाले असर पार्न सक्छ।