PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रदेश ५ का २५ प्रतिशत जनता गरिबीमा : यस्तो छ स्थितिपत्र



चन्द्रकान्त खनाल

प्रदेश ५ का २५ प्रतिशत जनता गरिबीमा : यस्तो छ स्थितिपत्र

रुपन्देहीः प्रदेश ५ सरकारले स्थितिपत्र सार्वजनिक गरेको छ। सरकारले प्रदेश ५ भित्र रहेका १२ वटा जिल्लाको आर्थिक तथा सामाजिक अवस्था सार्वजनिक गरेको हो। 

आज बसेको प्रदेश सभा बैठकमा ५ नम्बर प्रदेशको सामाजिक, आर्थिक विकासको स्थितिपत्र पेश गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले योजना निर्माण र कार्यान्वयनमा एक भएर अघि बढी सबैमा आग्रह  गरे।

पोखरेलले प्रदेशको समग्र विकास र समृद्धिका प्रदेश सरकारले विकासको आवधिक योजना बनाउन लागेकाले योजना निर्माणमा सघाउन प्रदेशबासीमा  अपिल गरेका छन्। 

बैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेश नम्बर ५ समग्र प्रदेशहरूको अवस्था हेर्दा चौथो स्थानमा रहेपनि सम्भावना पहिचान गरी स्रोतहरूको सही सदुपयोग गर्न सके उत्कृष्ट प्रदेश बनाउन सकिने समेत बताए। १२ जिल्ला रहेको यस प्रदेशमा ४४ लाख ५८ हजार जनसङ्ख्या रहेको छ। विभिन्न कोणबाट अध्ययन गर्दा यस प्रदेश धेरैजसोमा तेस्रो तथा चौथो अवस्थामा रहेको छ ।

प्रदेश ५ मा ११ हजार किलोमिटर सडक रहेको स्थितिपत्रमा उल्लेख छ। रुपन्देहीका ३५ प्रतिशत ग्रामीण सडक पक्की रहेको छ। नवलपरासीमा जम्मा ११ प्रतिशत ग्रामीण सडक पक्की रहेको पनि स्थितिपत्रमा उल्लेख छ। सडकसहित अन्य विकास निर्माणमा पश्चिमका जिल्लाहरू पछाडि परेको तथ्याङ्क रहेको छ। प्रदेशमा २५.८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् ।

५ नम्बर प्रदेशको सामाजिक, आर्थिक विकासको स्थितिपत्र पेस भएसँगै प्रदेश सभाको बैठक भोलासम्मका लागि स्थगित भएको छ। आज पेस भएको स्थितिपत्र प्रदेश सभाबाट पास भने गर्नुपर्ने छैन।

यस्तो छ स्थितिपत्र

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell