PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

फिफा वरीयतामा नेपाल ३ स्थान माथि



पहिलोपोस्ट

फिफा वरीयतामा नेपाल ३ स्थान माथि

काठमाडौं : विश्व पुटबलको सर्वोच्च निकाय फिफाले अप्रिल महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल ३ स्थान माथि उक्लिएको छ। अघिल्लो महिना १६५औँ स्थानमा रहेको नेपाल ३ स्थान सुधार गर्दै १६२औँ स्थानमा उक्लेको हो।

दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत २ स्थान सुधार गर्दै ९७औँ स्थानमा उक्लेको छ। अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स ३ स्थान सुधार गर्दै १४७औँ स्थान उक्लेको छ। ४ स्थान सुधार गरेको भुटान १८४औँ स्थानमा उक्लेको छ। बंगलादेश १९७औँ स्थानमा यथावत छ।

विश्व वरीयतामा भने जर्मनी शीर्ष र ब्राजिल दोस्रो स्थान यथावत छ। बेल्जियम २ स्थान सुधार गर्दै तेस्रोमा पुग्दा पोर्चुगल चौथो तथा अर्जेन्टिना पाँचौ स्थानमा झरेको छ।

समान २ स्थान सुधार गरेको स्वीट्जरल्याण्ड र फ्रान्स क्रमश: छैटौँ र सातौँ स्थानमा उक्लेको छ। स्पेन २ स्थान झर्दै आठौँमा पुग्दा १ स्थान सुधार गर्दै चिली नवौँमा छ। ४ स्थान गुमाएर पोल्याण्ड दशौँमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell