PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

सर्वोच्चको नेतृत्व लिएका १३ श्रीमान्  जसले फिर्ता गरेनन् सरकारी गाडी



सविन ढकाल

सर्वोच्चको नेतृत्व लिएका १३ श्रीमान्  जसले फिर्ता गरेनन् सरकारी गाडी

काठमाडौं : बिहीवार पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले चढ्दै आएको गाडी सर्वोच्च अदालत पुग्यो। अदालतमा काम विशेषले श्रेष्ठका चालकले गाडी के लगेका थिए, त्यसलाई सर्वोच्चका कर्मचारी ट्रेड युनियनका पदाधिकारीले नियन्त्रणमा लिइहाले।  

श्रेष्ठ चढ्दै आएको बा १३ च ६२३१ नम्बरको गाडी सर्वोच्च अदालतबाटै उनीहरुले नियन्त्रणमा लिएका हुन्। कर्मचारी संगठनले गाडी फिर्ता अभियान जारी राख्दा शिकार भयो श्रेष्ठको गाडी। पूर्व न्यायाधीशहरुले फिर्ता नगरेका गाडी अब युनियनले भेट्टायो कि नियन्त्रणमा लिने तयारी छ। अहिलेसम्म १३ जना पूर्व प्रधान न्यायाधीशहरुले लिएको गाडी फिर्ता गरेका छैनन्।

पूर्व प्रधान न्यायाधीश सुरेन्द्रप्रसाद सिंहदेखि चर्चित पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीसम्मले गाडी फिर्ता गरेका छैनन्। 

२०६९ साल जेठदेखि बा १ झ ९४९२ नम्बर र बा ९ च ४९२१ नम्बरका दुईवटा गाडी प्रयोग गर्दै आएका सिहले सरकारी गाडी फिर्ता गरेका छैनन्। 

पूर्व प्रधान न्यायाधीश ओमभक्त श्रेष्ठसँग पनि दुई वटा गाडी छन्। पाँच वर्षअघि उनलाई सरकारले प्रधान न्यायाधीश हुँदा दिएको बा १ झ ९४४३ र बा ९ च ४९२२ नम्बरको फोर्ड गाडी अहिले पनि चढिरहेका छन्।

बा १ झ ९४८५ र बा ९ च ४९३१ नम्बरका दुईवटा गाडी पूर्व प्रधान न्यायाधीश मोहनप्रसाद शर्मासँग पनि छ। 

पूर्व प्रधान न्यायाधीशहरु केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, दिलिपकुमार पौडेल, केदारप्रसाद गिरी, मिनबहादुर रायमाझी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद शाह र सुशीला कार्कीले दुईवटा सरकारी गाडी फिर्ता गरेका छैनन्। 

पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले बा २ झ २५११ र बा १७ च २३८३ नम्बरको स्कर्पियो फिर्ता गरेकी छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell