PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

त्रिवि भिसीकप भलिबल : आयोजक आरआर र एनसीसी उपाधिका लागि भिड्ने



पहिलोपोस्ट

त्रिवि भिसीकप भलिबल : आयोजक आरआर र एनसीसी उपाधिका लागि भिड्ने

काठमाडौं : त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगितामा आयोजक आरआर र नेपाल कमर्स क्याम्पस(एनसीसी) फाइनल पुगेका छन्।

रत्नराज्यलक्ष्मी कलेजको कोर्टमा बिहीवार भएको सेमिफाइनलमा आयोजक आरआरले अमृत साईन्स क्याम्पसलाई २५–२०,२५–१९, २५–१९ को सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। अर्को सेमिफाइनलमा एनसीसीले सुर्खेत शिक्षा क्याम्पसलाई २५–११,२६–२४, २५–१५ को सेटमा हराउँदै आरआरसँग उपाधि भिडन्त पक्का गरेको हो।

बिहीवारै तेश्रो स्थानका लागि भएको खेलमा अमृत साईन्स क्याम्पसले सुर्खेत शिक्षा क्याम्पसलाई २५–१८,२५–१८,२०–२५, २५–१८ को सेटमा हरायो।

फाइनल खेल शुक्रवार बिहान ८ बजे हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell