
स्पानिस क्लब एट्लेटिको मड्रिड, इंगलिस क्लब आर्सनल, फ्रेन्च क्लब मार्से र अष्ट्रियल क्लब साल्जवर्स युरवपा लिगको सेमिफांइनलमा प्रवेश गरेका छन्।
क्वाटरफाइनल दोस्रो लेगमा एट्लेटिको पोर्चुगिज क्लब स्पोर्टिङ सिएफसँग १-० ले पराजित भएपनि समग्रमा २-१ को नतिजा निकाल्दै एट्लेटिकोले अन्तिम चारमा स्थान बनाएको हो।
पहिलो लेग घरेलु मैदान एट्लेटिकोले २-० ले जितेको थियो।
आर्सनलले दोस्रो लेगमा सिएसकेए मस्कोँग २-२ को बराबरी खेल्दै समग्रमा ६-३ ले विजयी भयो। मस्कोले दुई गोल गर्दै अग्रता बनाएपिन आर्सनलले पुनरागमन गर्दै दुई गोल गरेको हो।
उता मार्सले जर्मन क्लब लेइपजिगलाई समग्रमा ५-३ ले हरायो। पहिलो लेगमा १-० ले पराजित भएपनि दोस्रो लेगमा ५-२ को जित हात पार्दै मार्सेले सेमिफाइनलमा स्थान बनाएको हो।
उता पहिलो लेगमा ४-२ ले पराजित भएको साल्जवर्गले दोस्रो लेगमा इटालियन क्लब लाजियोलाई ४-१ ले पराजित गर्दै समग्रमा ६-५ को जित हात पार्यो।