काठमाडौं: फ्राइडे रिलिजअन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। वर्षको अन्त्यमा फिल्म 'लिलिबिलि' र 'नेप्टे' प्रदर्शनमा आएका हुन्।
प्रेम कथामा आधारित फिल्म लिलिबिलिको सम्पूर्ण छायांकन स्कटल्यान्डमा गरिएको हो। मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स आदिको अभिनय रहेको छ।
त्यस्तै फिल्म 'नेप्टे'ले कमेडीसहितको सामाजिक कथा भन्छ। देव कुमार श्रेष्ठको निर्देशन रहेको फिल्ममा दयाहाङ् राई, रोहित रुम्बा, बुद्धी तामाङ, अरुणा कार्की, ए गुरुङ र छुल्ठिम गुरुङको मुख्य भूमिकामा छन्।
दुबै फिल्मले सिंगल स्क्रिन एवं मल्टिप्लेक्समा सो पाएका छन्।
योसाता बलिउड र हलिउडतर्फ भने नेपालका लागि कुनै पनि फिल्म रिलिज भएन।