PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

सगरमाथा आरोहण गर्न लागेकी प्रियालाई राखेपको झण्डा



पहिलोपोस्ट

सगरमाथा आरोहण गर्न लागेकी प्रियालाई राखेपको झण्डा

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी न्युज २४ टेलिभिजनकी खेल पत्रकार प्रियालक्ष्मी कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो झण्डा हस्तान्तरण गर्दै सफल आरोहणका शुभकामना दिएको   छ।

राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीवार आयोजना गरेको नव वर्ष २०७५ सालको शुभकामना आदान प्रदान कार्यक्रममा प्रियालाई सफल आरोहणको शुभकामनासहित झण्डा हस्तान्तरण गरिएको हो।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले प्रियालाई सफल आरोहणका लागि शुभकामना दिFदै झण्डा हस्तान्तरण गरे।

सो अवसरमा सांसद एवं नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष एवं एनओसी उपाध्यक्ष लामा टेन्डी शेर्पा, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालगायतले प्रियालाई सफलताको शुभकामना दिदै मायाको चिनो प्रदान गरेका थिए।

प्रियालगायत ५ सदस्यीय महिला पत्रकारको टोली आफ्नो अभियान पूरा गर्ने सिलसिलामा सोमवार काठमाडौंबाट गन्तब्यतर्फ प्रस्थान गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell