PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

रारा किनारामा प्रधानमन्त्री ओली 'ल्यान्डेड्'



पहिलोपोस्ट

रारा किनारामा प्रधानमन्त्री ओली 'ल्यान्डेड्'
फोटो: रवीन्द्र अधिकारी

काठमाडौं: कर्णाली–रारा पर्यटन वर्ष २०७५ घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओली रारा पुगेका छन्। कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको पर्यटन वर्ष भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै छन्।

प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री इश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि कार्यक्रमस्थल पुगिसकेका छन्। 

कार्यक्रममा सहभागी हुन प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश प्रमुख, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारी कर्यक्रम स्थलमा पुगिसकेका छन्।

प्रधानमन्त्री ओलीले राराबाटै देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell