PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष प्याकेज: वैशाख १ देखि १५ गतेसम्म छुटैछुटको अफर



पहिलोपोस्ट

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष प्याकेज: वैशाख १ देखि १५ गतेसम्म छुटैछुटको अफर

काठमाडौं: नेपाल टेलिकमले पाँचवटा सेवामा नयाँ वर्ष २०७५ लक्षित अफर ल्याएको छ। बैशाख एक गतेदेखि लागू हुने अफर बैशाख १५ गतेसम्म रहने टेलिकमले जनाएको छ।
 
यस्ता छन् अफर
 
ग्राहकले ह्याप्पी विकेण्ड प्याक अन्तर्गत जिएसएम/सिडिएमए प्रिपेड/ पोष्टपेड मोबाइलमा शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक सय रुपैयाँमा एक जिबी डाटा एक हप्ताका लागि खरिद गर्न सक्ने टेलिकमले जनाएको छ। 
               
अनलिमीटेड जिएसएम/सिडिएमए नाइट डाटा प्याक अन्तर्गत ग्राहकले एक जिबी डाटा खरिद गर्न सक्नेछन्। टेलिकमका अनुसार एक दिन चल्ने उक्त प्याक ग्राहकले राती १० बजे देखि बिहान छ बजेसम्म चलाउन पाउनेछन्। नाइट डाटा प्याकमा एक जिबी डाटा थ्रि जी र फोरजीको गतिमा चल्ने र बाँकी २ सय ५६ केबीपीएसको गतिमा चल्ने टेलिकमले जनाएको छ।
 
एडीएसएल भोलुम बेस्ड प्याकेज अन्तर्गत ग्राहकले दुई सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सक्ने टेलिकमले जानकारी दिएको छ।
 
टेलिकमका अनुसार ग्राहकले तीन सय रुपैयाँमा २५ जीबी डाटा र चार सय रुपैयाँमा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ।
 
एडीएसएल अनलिमीटेड प्याकेज अन्तर्गत ग्राहकले पाँच एमबीपीएस गतिको इन्टरनेट सेवा लिन सक्ने टेलिकमले बताएको छ। उक्त प्याकेज सात सय रुपैयाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले बताएको छ।
 
कम्पनीका अनुसार ग्राहकले तीन हजार सात सय पचास रुपैयाँको प्याकेजमा एक सय ८० दिनसम्म र सात हजार रुपैयाँमा एक वर्षसम्म अनलिमीटेड डाटा पारयोग गर्न सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell