PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

एसियन गेम्सका लागि १० बक्सिङ खेलाडी छनोट



पहिलोपोस्ट

एसियन गेम्सका लागि १० बक्सिङ खेलाडी छनोट

काठमाडौं : नेपाल बक्सिङ संघले एसियन गेम्समा भाग लिने बक्सिङका १० जना खेलाडी छनोट गरेको छ। बिहीवार र शुक्रवार भएको दुई दिने छनोटबाट ७ पुरुष र ३ महिला खेलाडी छनोट भएका हुन्।

शुक्रवार संघले दुई पुरुष र १ महिला छनोट गरेको हो। जसअन्तर्गत पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले एपीएफका विक्रम परियारलाई अंकका आधारमा हरउँदै छनोट भए। त्यस्तै ६९ केजी तौल समूहमा आर्मीका बिष्णु प्रसाद घलेले एपीएफकै बिकासबल लामालाई अंकको आधारमा पराजित गदै छनोट चरण पार गरे।

महिला ५१ केजी तौल समूहमा आर्मीकी बिमला श्रेष्ठ, ५७ केजी तौल समूहमा एपीएफकी संगिता सुनार र ६० केजीमा आर्मीकै पुनम रावल छनोट भएका छन्।

बिहीवार छनोट भएका अन्य पुरुष खेलाडीमा ४९ केजी तौल समूहमा आर्मीका तेजवहादुर देउवा, ५६ केजी तौल समूहमा आर्मीका बिमल रोका, ६० केजीमा आर्मीका एकवहादुर घले,  ६४ केजीमा नेपाल पुलिसका भुपेन्द्र थापा र ७५ केजीमा आर्मीका दिपक श्रेष्ठ रहेका छन्।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद्ले बक्सिङबाट तीन महिला र चार पुरुष खेलाडीको कोटा मात्र उपलब्ध गराएको बताउँदै अहिले तत्कालका लागि सात पुरुष खेलाडीलाई छनोट गरेको बताए। ‘हामीले १० वटै इभेन्ट सहभागिता जनाउने उद्देश्यले खेलाडी छनोट गरेका हौं,’ अध्यक्ष अवालेले भने  ‘एसियन खेलमा पदकको हिसाबमा बक्सिङले गौरबशाली इतिहास बोकेको छ। त्यसैले हामीले थप तीन तौल समूहका खेलाडी लैजाने प्रयत्न गरेका हौँ।’

अवालेले छनोटमा परेका खेलाडीलाई वैदेशिक प्रशिक्षण दिलाउने पहल भईरहेको समेत जानकारी गराए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell