PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

आइपीएल : बैंगलोरको पहिलो जित



पहिलोपोस्ट

आइपीएल : बैंगलोरको पहिलो जित

काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएलमा रोएल च्यालेन्जर्स बैंगलोरले पहिलो जित हात पारेको छ। शुक्रवार भएको खेलमा बैंगलोरले किंग्स एलेभेन पञ्जावलाई ४ विकेटले पराजित गरेको हो।

पहिलो खेलमा दिल्ली डेयरडेभिल्सलाई पराजित गरेको पञ्जावको यो पहिलो हार हो। बैंगद्यवर भने पहिलो खेलमा कोलकतासँग हारेको थियो।

पञ्जावले दिएको १५६ रनको लक्ष्य बैंगलोरले घरेलु मैदानमा ३ बल अगावै ६ विकेट गुमाएर पुरा गर्‍यो। बैंगलोरका लागि ए बी डे भिलियर्सले ४० बल खेल्दै २ चौका र ४ छक्काको मद्दतमा स्वाधिक ५७ रन बनाए। ओपनर क्वेन्टक डे ककले ४५ तथा मन्दिप सिंहले २२ र कप्तान विराट कोहलीले २१ रन योगदान गरे। बलिङमा पञ्जावका कप्तान आर आश्विनले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्या६ङ गरेको पञ्जाव १९.२ ओभरमा १५५ रनमा अलआउट भएको थियो। पञ्जावका लागि ओपनर लोकेश राहुलले सर्वाधिक ४७ तथा कप्तान आश्विनले ३३ रन बनाए। करुण नायरले २९ रन जोडे। पञ्जावलाई अलआउट गर्न बैंगलोरका उमेश यादवले ३ तथा क्रिस वोक्स, कुलवन्ट केनरोलिया र वासिङगटन सुन्दरले २-२ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell