PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

हुम्लाबाट प्रधानमन्त्री ओलीको आह्वान: आजैदेखि विकसित देश बनाउने प्रण गरौं



पहिलोपोस्ट

हुम्लाबाट प्रधानमन्त्री ओलीको आह्वान: आजैदेखि विकसित देश बनाउने प्रण गरौं

हुम्लाः प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन्।

हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैं पछाडि रहन नसक्ने उल्लेख गर्दै भने, ‘‘अब देशलाई विकसित बनाइन्छ, पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं।’’

प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउ“को महत्व उत्तिकै रहेको बताए। ‘‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि हुन सक्छ, सबै ठाउ“को महत्व आ–आफ्नै छ,’’ ओलीले भने।

प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउ“दै अनुकरणीय प्रदेश बनाइ छाड्ने प्रतिबद्धता जनाए।

कर्णालीबाट जडिबुटिको प्रबद्र्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए।
सभा अगाडि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गरे।

प्रधानमन्त्रीसमक्ष स्थानीयबासीले हवाई तथा सडक, कृषि, स्वास्थ्यलगायतका माग प्रस्तुत गरेका थिए। स्थानीयका माग पूरा गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता दिलाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell