PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

प्रिमियर लिग : चेल्सीको पुनरागमन जित



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सीको पुनरागमन जित

प्रिमियर लिगको साविक विजेता चेल्सीले साउथह्य्याम्पटन विरुद्ध पुनरागमन जित हात पार्दै शीर्ष चारमा पर्ने गणितिय सम्भावना कायमै रखेको छ। २ गोलले पछि परेको स्थितीमा उत्कृष्ट पुनरागमन गर्दै चेल्सीले साउथ्हयाम्टनलाई उसैको मैदानमा ३-२ ले पराजित गरेको हो।

चेल्सीलाई पुनरागमन जित दिलाउन ओलिभर जिरडले २ तथा एडेन हाजार्डले १ गोल गरे। त्यसअघि

डुसान टेडिकले २१औँ र जान बेडनारेकले ६०औँ मिनेटमा गोल गर्दै साउथह्याम्टनलाई अग्रता दिलाएका थिए।

६० मिनेटसम्म २-० ले पछि परेको चेल्सीले ८ मिनेट अन्तरमा ३ गोल गर्दै खेल जितेको हो। जिरुडले ७०औँ तथा हाजार्डले ७५औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए। त्यसको तीन मिनेटपछि जिरुडले व्यक्तिगत दवस्रो गोल गरेपछि चेल्सीले पुनरागमन जित हात पारेको हो।

जितपछि ३३ खेलबाट ६० अंक जोडेको चेल्सी अंक तालिकामा पाँचौ स्थानमा यथावत नै छ। तेस्रो र चौथो स्थानमा रहेको लिभरपुल र टोटनहमको समान ६७ अंक छ।

चेल्सीले अब आफ्नो बाँकी रहेको ५ खेल जित्दा ७५ अंक मात्र हुनेछ र त्यस्तोमा शीर्ष चारमा पर्न अन्य टोलीको नतिजा समेत आफूअनुकुल हुनुपर्नेछ।

चेल्सीसँग पराजित भएपछि साउथह्याम्टन ३२ खेलबाट २८ अंकका साथ पुछारबाट तेस्रोमा छ। यस्तै सातौँ स्थानको बर्नीले आठौँ स्थानको लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell