PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पिएफए प्लेअर अफ दि इअर अवार्ड मनोनयनमा म्यानचेष्टर सिटीका खेलाडीको वर्चस्व



पहिलोपोस्ट

पिएफए प्लेअर अफ दि इअर अवार्ड मनोनयनमा म्यानचेष्टर सिटीका खेलाडीको वर्चस्व

प्रोफेसनल फुटबलर एसोसिएसन (पिएफए) प्लेअर अफ दि इअर अवार्डको मनोनयनमा म्यानचेष्टर सिटीका खेलाडीहरुले वर्वस्च कायम गरेका छन्।

प्लेअर अफ दि इअर र योङ प्लेअर अप दि इअर दुवै विधामा ६ मध्ये सिटीका ३-३ खेलाडी परेका छन्।

प्लेअर अफ दि इअरको मनोनयनमा सिटीका केभिन डे ब्रुएना, डेभिड शिल्भा र लरे सानेसहित टोटनहमका ह्यरी केन, लिभरपुलका मोहमद सलाह र म्यानचेष्टर युनाइटेडका डेभिड डे हेअ छन्।

केन योङ प्लेअरको विधामा समेत मनोनयनमा छन्। यसमा सिटीका सानेसँगै रहिम स्टर्लिङ र एडरसन तथा म्यानचेष्टर युनाइटेडका मार्कुस रासफोर्ड र राएन सेसेगनोन छन्।

पिएफएका मेम्बरहरको भोटप५ यही अप्रिल २२ मा अवार्डका विजेताको घोषणँ हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell