PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

विराटनगरः मोरङको कानेपोखरीस्थित खोर्साने–केराबारी सडकखण्डमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

को २८ प ८०९० नम्बरको मोटरसाइकलका चालक कानेपोखरी–८ बस्ने २२ वर्षीय सुजन कोइरालाको मृत्यु भएको विराटचोक प्रहरी चौकीले जनाएको छ। उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो। सोही मोटरसाइकलमा सवार सुन्दरहरैचा–८ बस्ने अनिस भट्टराईको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell