PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

मुस्लिम ब्रदरहुडका प्रमुख मोहमद बादीलाई आजीवन काराबासको सजाय



पहिलोपोस्ट

मुस्लिम ब्रदरहुडका प्रमुख मोहमद बादीलाई आजीवन काराबासको सजाय
photo: alarabiya.net

काएरोः इजिप्टको एक अदालतले मुस्लिम ब्रदरहुड समूहका प्रमुख नेता मोहमद बादीलाई हिंसा भड्काएको आरोपमा आजीवन काराबासको सजाय तोकेको इजिप्टको राज्य सञ्चालित समाचार संस्था मेनाले जनाएको छ।

इजिप्टको उच्च अदालतले उनको पुनरावेदनमाथि सुनुवाइ गर्दै अन्तिम निर्णय सुनाएको हो। निर्णय अनुसार बादी तथा उनका समूहका १७ सदस्यले सशस्त्र हड्तालमा संलग्नता जनाएको तथा विरोधीको हत्या प्रयास गरेको अभियोगमा आजीवन कारावासको सजाय तोकिएको हो।

इजिप्टमा आजीवन कारबासको सजाय पाएका व्यक्तिले २५ बर्ष जेलजीवन बिताउनु पर्ने कानुनी प्रावधान छ।

उनीहरूविरूद्ध सरकारद्वारा प्रदान गरिएका प्रमुख सुविधा तथा धार्मिक महत्वका ठाउँहरूमा उपद्रव गरेको एवम् सामान्य जनजीवनलाई तहसनहस बनाउन खोजेको अभियोग लागेको थियो।

सजाय तोकिएका पूर्व राष्ट्रपति मोहम्मद मोर्सी, बादीलगायतका प्रायजसो ब्रदरहुड नेताहरू अहिले पनि जेलजीवन विताइरहेका छन्।

बादीबाहेकका केही नेतालाई भने सजायमाथि पुनरावेदन गर्ने विकल्प अदालतले दिएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell