PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

प्रिमियर लिगको उपाधि जित्न म्यानचेष्टर सिटीलाई एक जित आवश्यक



पहिलोपोस्ट

प्रिमियर लिगको उपाधि जित्न म्यानचेष्टर सिटीलाई एक जित आवश्यक

लिग लिडर म्यानचेष्टर सिटि टोटनहमलाई ३-१ ले पराजित गर्दै प्रिमियर लिगको उपाधि नजिक पुगेको हो। सिटीलाई अब लिग जित्न मात्र २ अंक आवश्यक छ। यस्तोमा सिटीले अर्को साता घरेलु मैदानमा स्टोकलाई हराए उपाधि जित्नेछ।

बेम्लीमा भएको खेलमा सिटीलाई जित दिलाउन गाब्रिएल जेसस, इकाए गुन्डागोन र रहिम स्टर्लिङले गोल गरे। टोटनहमका लागि क्रिस्टियन एरिकसनले एक गोल गरे।

जितपछि सिटीले ३३ खेलबाट ८७ अंक जोडेको छ। एक खेल कम खेलेको म्यानचेष्टर युनाइटेड ७१ अंकका साथ दोस्रो स्थानमा छ।

टोटनहम ३३ खेलबाट ६७ अंकका साथ चौथो स्थानमा छ।

उता लिभरपुले एएफसी बर्नमाउथलाई ३-० ले पराजित गरेको छ। लिभरपुलका लागि साडियो माने, रोवर्टो फिर्मनो र मोहमद सलाहले गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell