PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

सर्वोच्च अदालतमा अब दैनिक ‘मिडिया ब्रिफिङ’



पहिलोपोस्ट

सर्वोच्च अदालतमा अब दैनिक ‘मिडिया ब्रिफिङ’

काठमाडौँः सूचना प्रवाहलाई व्यवस्थित बनाउन भन्दै सर्वोच्च अदालतले आजदेखि दैनिक मिडिया ब्रिफिङ गर्ने भएको छ। प्रवक्ता, सहायक प्रवक्ता एवं सूचना अधिकारीको उपस्थितिमा अदालतले आजदेखि दैनिक मिडिया ब्रिफिङ सुरु गर्न लागेको हो। 

सूचना वितरण प्रभावकारी नभएको भन्ने गुनासोपछि कायम मुकायम प्रधानन्यायाधीश दीजकराज जोशीको निर्देशनमा सर्वोच्च प्रशासनले दैनिक ब्रिफिङ गर्ने निर्णय गरेको हो । 

सर्वोच्च प्रशासनका अनुसार कार्यदिन परेका आइतबारदेखि बिहीबारसम्म दैनिक साँझ ५ बजेदेखि आधा घन्टा प्रेस ब्रिफिङ हुनेछ। शुक्रबार भने दिउँसो ३ बजेपछि साढे तीन बजेसम्म ब्रिफिङ हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell