PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

इलामको चुलाचुली गाउँपालिका कार्यालयमा बम विस्फोट, भवनमा क्षति



पहिलोपोस्ट

इलामको चुलाचुली गाउँपालिका कार्यालयमा बम विस्फोट, भवनमा क्षति

मंगलबारेः इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ।

अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो। कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति पुगेको कार्यकारी अधिकृत छवि खतिवडाले जानकारी दिए।

सभाहलको आठ वटा झ्यालका सिसा फुटेका छन भने आल्मुनियमको सिलिङ पूर्णरुपमा क्षति पुगेको बताइएको छ। स्थानीय सरकारको मुख्यालयमा नै बम विस्फोटको घटनाले स्थानीय त्रसित छन्। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell