PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

होटलमा युवतीको हत्यापछि फरार रहेका अभियुक्त भारतमा समातिए



पहिलोपोस्ट

होटलमा युवतीको हत्यापछि फरार रहेका अभियुक्त भारतमा समातिए
प्रतीकात्मक तस्वीर

काठमाडौँ युवती हत्याका फरार अभियुक्त सल्यानका गोपाल शर्मा दुई सातापछि भारतमा पक्राउ परेका छन्। पक्राउ परेका शर्मालाई काठमाडौं ल्याइएको छ।

गोङ्गवुस्थित भूमेश्वरी होटेलको कोठा नम्बर २०३ मा चैत २३ गते चितवन घर भएकी एक युवतीको शव फेला परेको थियो। युवतीसँगै होटल पुगेका शर्मा भने फरार थिए।

फरार शर्मालाई प्रहरी खोजी सूचीमा राखेको थियो। शर्मा पक्राउसँगै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell