PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कुस्मा नगरपालिकाकी उपमेयर लामिछाने जिप दुर्घटनामा घाइते



पहिलोपोस्ट

कुस्मा नगरपालिकाकी उपमेयर लामिछाने जिप दुर्घटनामा घाइते

पोखराः काठमाडौँबाट पोखरा आउँदै गरेकी पर्वतको कुस्मा नगरपालिकाकी उपमयेर सीता काफ्ले लामिछाने सवारी दुर्घटनामा परी घाइते भएकी छन्। 

लामिछाने सवार जिपलाई पोखराबाट दुलेगौँडातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा उनी घाइते भएकी हुन्।  

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३२ तल्लो गनगाँैडामा  ना २ ख ९७८९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ५०५४ नम्बरको बोलेरो जिप ठोक्किएको हो। ट्रकको ठक्करपछि जिप पल्टिएको थियो। जिपमा सवार उपमेयर लामिछानेसहित उनकी छोरी, चालक विनोद क्षेत्री र शिव क्षेत्री घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको गण्डकी मेडिकल कलेज र ३ जनाको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रहरीले जिप, ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell