PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

प्रहरी महानिरीक्षक खनालको निर्देशनः 'व्यक्ति हेरेर काम नगर्नू'



पहिलोपोस्ट

प्रहरी महानिरीक्षक खनालको निर्देशनः 'व्यक्ति हेरेर काम नगर्नू'

काठमाडौँः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यक्ति हेरेर काम नगर्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।

आइतबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ब्रिफिङमा प्रहरीमा व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको भन्दै यसलाई अन्त्य गरी समान व्यवहार गर्न महानिरीक्षक खनालले निर्देशन दिएका हुन्। 

ब्रिफिङमा सहभागी एक प्रहरी अधिकारीका अनुसार खनालले कुनै पनि प्रलोभनमा परेर काम नगर्न प्रहरी अधिकारीलाई निर्देशन दिए। 

महानिरीक्षक खनालले प्रहरीको छवि सुधार्नका लागि इमानदार भएर काम गर्नुपर्ने बताए। खनालले आइतबार उपत्यकाभित्र कार्यरत जुनियरदेखि सिनियर प्रहरीसँग ब्रिफिङ लिँदै निर्देशन दिएका हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell