PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

हिलो पानी खेलेर सिरुवा पर्व मनाइँदै, पूर्वी मधेसमा सार्वजनिक बिदा



पहिलोपोस्ट

हिलो पानी खेलेर सिरुवा पर्व मनाइँदै, पूर्वी मधेसमा सार्वजनिक बिदा

काठमाडौँः पूर्वी मधेसका पाँच जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ। सिरुवा पर्वका अवसरमा केन्द्र सरकारले ती जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो।

झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा सिरुवा पर्वको बिदा दिइएको हो। विशेषतः पूर्वका थारु, राजवंशी, गनगाई सन्थाल जातिले हिलो पानी खेलेर सिरुवा पर्व मनाउने गरेका छन्।

यसै गरी मध्य मधेसका अधिकांश जिल्लाहरूमा जुडशितल मनाइँदै छ। हिजो सातु खाएर ‘सतुवाइन’ मनाएका उनीहरूले आज हिलो खेलेर तथा पानी हालेर जुडशितल मनाउँदै छन्।

बिहानै आफूभन्दा ठूला परिवारका सदस्यहरूले सानाको शिरमा पानी राखी वर्षभरि स्वस्थ रहन आशीर्वाद दिने गरेका छन्। मधेसमा विशेष गर्मी हुने भएकोले वर्षकै सुरुवातमा पानी हालेर शीतल रहने कामना गरिन्छ। वातावरण सन्तुलनका लागि रुख बिरुवामा समेत पानी हाल्ने गरिन्छ।

जुडशितलको अवसरमा आँपको टिकुलाको तरुवासहित विभिन्न परिकार खाने चलन रहेको छ। जुडशितलको बिहान खाना पकाइसकेपछि चुलोलाई पूजा गरी साँझ खाना नपाकाउने चलन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell