PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

फिल्म ‘विरङ्गना’को रिलिज टार्गेट तय



पहिलोपोस्ट

फिल्म ‘विरङ्गना’को रिलिज टार्गेट तय

काठमाडौं: फिल्म ‘विरङ्गना’को रिलिज टार्गेट तय गरिएको छ। शिल्पा पोखरेल र अनुप विक्रम शाहि अभिनित फिल्म असार २९ गते प्रदर्शनमा आउने भएको हो। 

निर्देशक राज बहादुर सानेले आफ्नो जन्मदिनको अवसरमा फिल्म रिलिज टार्गेट बारे जानकारी सार्वजनिक गरेका हुन्। उनले फिल्मको छायांकनमा सहयोग गर्ने सशस्त्र प्रहरीका नव नियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन समेत गरे।

एक्शन जनराको फिल्ममा शिल्पा र अनुप विक्रमका अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell