PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

ओलीलाई पछ्याउँदै मुख्यमन्त्री गुरुङ, दुई बालबालिकाको अभिभावकत्व गरे ग्रहण 



रासस

ओलीलाई पछ्याउँदै मुख्यमन्त्री गुरुङ, दुई बालबालिकाको अभिभावकत्व गरे ग्रहण 
फोटो : रासस

पोखरा : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बालिकाको अभिभावकत्व ग्रहणलाई पछ्याउँदै गुरुङले पनि दुई जनाको शिक्षाको जिम्मेवारी लिएका हुन्। 

उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शीला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराए। भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी र आमाले मजदूरी गरी परिवारको गर्जो टार्दै आएकी छिन्। 

राष्ट्रिय भर्ना अभियान, २०७५ को आरम्भ गर्दै उनले बेरोजगारी समस्या समाधान गर्न गुणस्तरीय शिक्षा अपरिहार्य भएकामा जोड दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell