PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

५ करोड ठगीमा बलिउड कलाकार राजपाल यादव दोषी ठहर



पहिलोपोस्ट

५ करोड ठगीमा बलिउड कलाकार राजपाल यादव दोषी ठहर

बलिउडका हास्य कलाकार राजपाल यादव र उनकी पत्नी राधा यादव ५ करोड 'ऋण फिर्ता' मुद्दामा दोषी ठहरिएका छन्। 

बलिउडका फिल्महरु चुप चुपके, ढोल, भुल भुलैया जस्ता फिल्मबाट अमेट छाप छोड्न सफल राजपाल दोषी रहेको ठहर हालै दिल्ली अदालतले गरेको हो। लिएको ऋण चुक्ता नगर्दा उनीमाथि मुद्दा दर्ता भएको थियो।  

हास्य कलाकारका रुपमा स्थापित राजपाल यही मुद्दापछि बलिउडमा कमजोर कलाकारका रुपमा चिनिएका थिए। नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा कलाकारहरुसँगको भेटमा भने राजपाल अग्रपङ्तिमा थिए।

एकजना दिल्लीमा आधारित फिल्म निर्मातासँग सन् २०१० मा ऋण लिएका राजपाल र राधा यादवले रकम फिर्ता गरेनन्। यो विषय यति धेरै चर्कियो कि राजपालका ऋण नतिरेका अरु घटनाहरुको पनि पर्दा खुल्यो। घटनाले यादवको करिअरमा नै संकट ल्यायो।
   
सन् २०१३ मा यही प्रकरणमा राजपाल यादवले ३ दिन तिहार जेलमा बिताउन समेत परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell