.jpg)
काठमाडौं : सन्जु सामसनले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रन बनाएपछि राजस्थान रोएल्सले इन्डियन प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ।
आइतवार भएको खेलमा राजस्थानले रोएल च्यालेन्जर्स बैंगलोरलाई १९ रनले पराजित गरेको हो। २१८ रनको लक्ष्य पछ्याएको बैंगलोरलाई राजस्थानले १९८ रनमा रोक्दै जित हासिल गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१७ रन बनाएको थियो। उच्च स्कोर बनाउने क्रममा सामसनले ४५ बल खेल्दै २ चौका र १० छक्काको मद्दतमा नटआउट ९२ रन बनाए। कप्तान अजिन्का रहानले २६, बेन स्टोकले २७ तथा जोस बटलरले २३ रन जोडे।
बलिङमा क्रिस वोक्स र युजभेन्ट्र चहालले २-२ विकेट लिए।
बैंगलोरका लागि कप्तान विराट कोहीले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भए। कोहलीले बैंगलोरका लागि ३० बल खेलद् ७ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५७ रन बनाए। यस्तै मन्दिप सिंहले २५ बलमा ६ चौका र १ छक्काको मद्दतमान नटआउट ४७ रन जोडे। वासिङगटन सुन्दरले १९ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे।
बलिङमा राजस्थानका श्रेयास गोपालले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।