PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

ला लिगामा फर्नान्डो टोरेसको सयौँ गोल



पहिलोपोस्ट

ला लिगामा फर्नान्डो टोरेसको सयौँ गोल

स्ट्राइकर फर्नान्डो टोरेसले ला लिगामा १०० गोल पुरा गर्दा एट्लेटिको मड्रिडले लेभान्टेलाई ३-० ले पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलमा टोरेसले एन्टोनी ग्रीजमनको स्थानमा मैदान प्रवेश गर्दै ७७औँ मिनेटमा टिमको लागि तेस्रो गोल गरे। त्यसअघि एन्जल कोरेअले ३३औँ तथा ग्रीजमनले ४८औँ मिनेटमा गोल गरेका थिए। 

लिभरपुल र चेल्सीबाट प्रिमियर लिग समेत खेलेका टोरेसले यस सिजनपछि खेल्न छाड्ने घोषणा गरिसकेका छन्।
 

जितपछि ३२ खेलबाट ७१ अंक रहेको एट्लेटिको शीर्ष स्थानको बार्सिलोनाभन्दा अझै ११ अंकले पछि छ।

समान खेलबाट ८२ अंक जोडेको बार्सिलोनाले अब बाँकी ६ खेलबाट ७ अंक मात्र जोडेमा उपाधि जित्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell