PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

युवती हत्याको अभियोगमा एकजना पक्राउ



पहिलोपोस्ट

युवती हत्याको अभियोगमा एकजना पक्राउ
प्रतीकात्मक तस्वीर

सुर्खेतः सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन्। पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईँको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँको संयुक्त अनुसन्धानका क्रममा सुवासलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएको हो। फोन र फेसबुकको विस्तृत विवरणका आधारमा सुवासलाई काभ्रेपलाञ्चोकवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

चपाईँको हत्या गरेको भोलिपल्ट सुवास सुर्खेतबाट भागेर काभ्रेपलाञ्चोक गएको प्रहरी प्रमुख चतुर्वेदीले बताए।

प्रहरीका अनुसार पक्राउ पर्नुअघि सुवास काभ्रेपलाञ्चोक जिल्लाको भुम्ती गाउँपालिका–४, पोखरीचौबासमा मजदुरी गरी बसेका थिए। हत्या भएको एक महिनापछि २०७४ साल माघ ९ गते पञ्चपुरी नगरपालिका–८, जामुने वनमा गीताको कंकाल फेला परेको थियो। त्यसपछि गीताको शव खोजी गर्ने क्रममा टाउकोको कंकाल, एउटा खुट्टाको हड्डी, कपाल, कपालमा लगाएको क्लिप, एक जोडा कपडा, चप्पल फेला परेको चतुर्वेदीले बताए।

हत्या अभियोग लागेका सुवासलाई २०७४ साल चैत २८ गते काभ्रेमा पक्राउ गरी गत शनिबार सुर्खेत ल्याइएको हो। सुवासले गीतालाई पुस ४ गते राति खोलामा धकेलेको प्रहरीलाई बयान दिएका छन्। २०७४ साल पुस ४ गते राति सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोटकी चपाईँको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell