PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

आइपीएल : चेन्नाईविरुद्ध पञ्जाव ४ रनले विजयी



पहिलोपोस्ट

आइपीएल : चेन्नाईविरुद्ध पञ्जाव ४ रनले विजयी

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा किंग्स एलेभेन पञ्जावले चेन्नाई सुपर किंग्सलाई ४ रनले पराजित गरेको छ।

क्रिस गेलले पञ्जावको लागि पहिलो खेल खेल्दै अर्धशतक बनाएपछि उच्च स्कोर बनाएको पञ्जावले चेन्नाईमाथि रोमाञ्चक जित हात पारेको हो।

चेन्नाईका कप्तान महेन्द्रसिंह धोनीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि १९८ रनको लक्ष्य पछ्याएको चेन्नाईले १९३ रन मात्र बनाउन सक्यो।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो। पञ्जावका लागि गेलले ३३ बल खेल्दै ७ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६३ रन बनाए। लोकेश राहुललले ३७, मायांक अग्रवालले ३० तथा करुण नायरले २९ रन जोडे।

बलिङमा चेन्नाईका शार्दुल ठाकुरले २ विकेट लिए।

चेन्नाईका लागि कप्तान धोनीले ४४ बल खेल्दै ६ चौका र ५ छक्काको मद्दतमा ७९ रन बनाए पनि जिताउन सकेनन्। यस्तै अम्बाती रायुडुले ४९ रन बनाए। बलिङमा आन्ड्रु ट्याएले २ विकेट लिए।

चेन्नाईको हारपछि जारी आइपीएलमा अपराजित रहनेमा सनराइजर्स हैदरावाद मात्र एक्लो टोलीको रुपमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell