PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

काठमाडौंको बसुन्धारामा एक युवतीको हत्या



पहिलोपोस्ट

काठमाडौंको बसुन्धारामा एक युवतीको हत्या
प्रतिकात्मक तस्विर

काठमाडौः आइतबार राति करिब १० बजे काठमाडौँको बसुन्धारास्थित सुकुम्बासी टोलमा एक युवतीको हत्या भएको छ। मृतक युवतीले लगाएको कपडा फालेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँ प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

मृतकको टाउकोमा धारिलो हतियारले हानेको र शव रगताम्मे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। युवतीको शवलाई पोस्टमार्टम लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। मृतक को हुन् भन्ने खुलेको छैन। 

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell