PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

फिल्म ‘रानीमहल’मा पूर्व मिस नेपाल निकिता अनुबन्धित



पहिलोपोस्ट

फिल्म ‘रानीमहल’मा पूर्व मिस नेपाल निकिता अनुबन्धित

काठमाडौं: मोडलिङ र र्‍याम्प वाक ब्याकग्राउन्ड रहेकी पूर्व मिस नेपाल नीकिता चाण्डकले पहिलोपोस्टसँगको अन्तरवार्तामा आफूलाई नेपाली फिल्ममा अभिनय गर्ने रहर भएको बताएकी थिइन्। भनेकी थिइन्,'मेरो रहर अभिनयमा पनि छ। नेपाली फिल्मको अभिनेत्री बन्न चाहन्छु। र आफ्नो रहर पूरा गर्नका लागि आवश्यक मिहेनत गर्नेछु।' तर हिडन ट्रिजरसँगको कन्ट्र्याक्टका कारण उनले एक वर्षसम्म फिल्मका लागि आवश्यक वातावरण मिलाउन पाइनन्।

मिस नेपाल २०१८ घोषणा भएसँगै नीकिता चाण्डक र हिडन ट्रिजरको सहमती सकिएको छ। र लगत्तै उनी फिल्मको लागि पनि अनुबन्धित भइन्। फिल्म ‘रानीमहल’मा अभिनयका लागि तयार भएकी हुन्। चाण्डकले आइतबार फिल्म युनिटसँगको कन्ट्र्याक्टमा हस्ताक्षर गरेको निर्माण कम्पनी स्वस्तिक फिल्मसले जनाएको छ।

फिल्मका लागि पूर्व घोषणा गरिएका कलाकारले व्यक्तिगत कारण देखाउँदै फिल्म छोडेपछि निर्माण युनिट नयाँ कलाकारहरुको खोजीमा थियो। निर्देशक हिमाल न्यौपानेले भने,‘निकिताजी फाइनल भएसँगै हामी सुटिङमा जानका लागि तयार भएका छौं। वैशाखको दोस्रो हप्तासम्ममा फ्लोरमा गइसक्नेछौं।'

निर्देशक न्यौपानेले वर्षा सिवाकोटीले गर्न लागेको रोलमा निकिता र प्रशान्त ताम्राकारले गर्ने भूमिकाका लागि अर्जुनजंग शाही फाइनल भएको बताए। फिल्ममा प्रितमराजले आशिषलाई रिप्लेस गरेका छन्। 

फिल्म पोखरा, स्याङजा, पाल्पा, बुटवल, भैरहवा र काठमाडौँमा हुने निर्माण पक्षले जनाएको छ। फिल्मको पटकथा दीपक पौडेलले लेखेका हुन्।

रानीमहलमा नीर शाह, सुष्मिता के. सी., बि एस राणा, भोला शाह, सौगात धिताल, उमा बेवी, बिष्णु सापकोटा, अनुराग कुँवर, रश्मी भट्ट, नगेन्द्र रिजाल, बिनोद सापकोटा, सिलु पोख्रेल, अनामिका लामिछाने, युनिता खत्री, पुस्पा निरौला लगायतको अभिनय रहने छ।

हिमाल केसीको द्वन्द निर्देशन रहने फिल्मको संगीत अर्जुन पोख्रेल र हर्कुलिस बस्नेतले तयार गरेका छन्। बिमल भुषालले फिल्मका निर्माता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell