PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

ओली प्रचण्ड ‘वान अन वान’ वार्तामा, सुल्झिएला एकता विवाद?



पहिलोपोस्ट

ओली प्रचण्ड ‘वान अन वान’ वार्तामा, सुल्झिएला एकता विवाद?

काठमाडौँ : पार्टीका एकीकरण लगायतका विषयमा छलफल गर्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘वान अन वान’ वार्तामा बसेका छन्।

आइतबार निर्धारित वार्ता नबसी सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्ड सोमबार बिहान फर्किएपछि दुई नेताबीच गोग्य वार्ता सुरु भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि नै दुई दल एकीकृत हुने पहल गरिए पनि समय अभाव भन्दै वैशाख ९ गतेका लागि समय तोकिएको थियो। तर, प्रधानमन्त्री भारतबाट फर्किएपछि वार्ता हुन सकेको थिएन। गत बुधबारदेखि तय भएका एकता संयोजन समिति लगायतका सबै वार्ता स्थगित भएका थिए।

आइतबारको वार्ता पनि स्थगित गरेर प्रचण्ड सुकुटे पुगेका थिए। प्रधानमन्त्री निकट स्रोतका अनुसार ओलीले सोमबार बिहान प्रचण्डलाई फोन गरेर छलफलका लागि बोलाएका हुन्।

वैशाख ९ गते पार्टी औपचारिक रूपमा एकीकरण गर्ने भनिए पनि केही विषयमा विवाद यथावत छन्। विशेषगरी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सङ्ख्या, चुनाव चिह्न र विधानको प्रस्तावनाका विषयमा विवाद छन्। माओवादीले विधानमा जनयुद्ध शब्द राखेर जानुपर्ने अडानमा छ। एमालेले त्यसलाई अस्वीकार गर्दै आएको छ।

यस्तै, सङ्गठनमा ५०–५० प्रतिशतको हिस्सा हुनुपर्ने माओवादीको मागलाई पनि एमालेले अस्वीकार गरेको छ। चुनावी परिणाम अनुसार सङ्गठनमा प्रतिनिधित्वको पक्षमा एमाले छ। चुनाव चिह्न पनि दुबै दलले आ–आफ्नै हुनुपर्ने अडान लिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell