PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

निजी विद्यालयलाई शुल्कवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको आग्रह: नलिए आन्दोलनमा उत्रने



पहिलोपोस्ट

निजी विद्यालयलाई शुल्कवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको आग्रह: नलिए आन्दोलनमा उत्रने

काठमाडौं: निजी विद्यालयले गरेको शुल्कवृद्धिको विरोधमा विद्यार्थी संगठनले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७२ घन्टे अल्टिमेटम दिने भएका छन्।

नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उक्त निर्णय गरेको नेविसंघका प्रवक्ता प्रेम जोशीले जानकारी दिए।

बैठकमा नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरस्ववियुकी अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङ लगायत ९ बिद्यार्थी संगठनको सहभागिता रहेको थियो। 

निजी विद्यालयहरूले गरेको शुल्कवृद्धि सरकार र विद्यार्थीबिच बारम्बार भएका सहमतिबिरुद्ध भएको विद्यार्थी संगठनहरुको आरोप छ। यस विषयमा सरकार मौन रहेकोले ध्यानाकर्षण गराउन अल्टिमेटम दिने र मुल्यवृद्धि फिर्ता नभए आन्दोलनमा उत्रने जोशीले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell