PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रधानमन्त्री ओलीको अभियानमा गगन थापाको साथ



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको अभियानमा गगन थापाको साथ
फोटो : गगनको ट्वीटरबाट

काठमाडौं : नेपाली कांग्रेस नेता गगन थापाले रसिका श्रेष्ठलाई कक्षा १ मा भर्ना गर्दै सरकारको भर्ना अभियानलाई साथ दिएका छन। थापाले बुढानिलकण्ठ नगरपालिकाको जनउद्दार माविमा श्रेष्ठलाई भर्ना गरेका हुन्। थापाले श्रेष्ठलाई कक्षा १२ सम्मको अभिभावकत्व ग्रहण समेत गर्नेछन्।

सरकारले सुरु गरेका कतिपय राम्रा कामहरुलाई प्रतिपक्षले विरोध गर्ने गर्छन्। तर यो पटक कांग्रेस नेता थापाले भने सरकारले सुरु गरेको रचनात्मक अभियानलाई साथ दिएका छन्। पढ्न नपाएका बालबालिकाहरु धेरै भएकाले अरुलाई पनि सरकारको अभियानमा साथ दिन आग्रह गरेका छन्।

थापाले सरकारको भर्ना अभियानलाई साथ दिएको बताएका छन्।
 

दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै सरकारले विशेष रुपमा विद्यालय भर्ना अभियान सुरु गरेको हो। एक व्यक्तिले कम्तीमा एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै सरकारको अभियानमा सघाउ पुर्‍याउन  सरकारले अपिल  गरेको छ।

विद्यालय भर्ना अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा ६ वर्षीय एक बालिकालाई विद्यालय भर्ना गरिसकेका छन्। ओलीले मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ८ की ६ वर्षीया थिल्ने साङ् तामाङलाई विद्यालय भर्ना गरेका हुन्।  ‌ओलीले अभिभावकत्व ग्रहण गर्दै बुद्ध मावि माङ्ग्रीमा भर्ना गरेका हुन्।

यस्तै, प्रधानमन्त्रीपत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरिन्।

सरकारको यो अभियानलाई सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदिप ज्ञवाली लगायतका नेताहरुले साथ दिदै विद्यार्थी भर्ना गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell