PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

पार्टी एकताको विषयमा छलफल गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक



पहिलोपोस्ट

पार्टी एकताको विषयमा छलफल गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौंः नेकपा एमालेले पार्टी एकताको विषयमा छलफल गर्नका लागि स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी एकताका विषयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बालुवाटरमा छलफल जारी रहेकै बेला एमालेले स्थायी समितिको आकस्मिक बैठक बोलाएको हो। 

एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार साँझ ५ बजे बैठक बोलाइएको छ। बैठकमा नेकपा एमाले र माओवादी केन्द्रको एकताको विषयमा छलफल हुने छ। 

दुई दलबीच एकताका लागि विवादित विषयहरूमाथि छलफल हुने छ। दुई दलबिच पार्टी एकतामा ‘जनयुद्ध’, चुनाव चिन्ह र ‘फिप्टी÷फिप्टी’को विषयमा कुरा मिल्न सकेको छैन। 

पार्टी एकताका लागि दुई दलले गठन गरेका कार्यदलले पार्टी एकता वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिन घोषणा गर्ने सुझाव दिएका थिए। तर समय नजिकिँदै गर्दा पार्टी एकता संशयमा पर्दै आएको छ। 

विवादित विषयमा सहमति जुटाउन प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच सोमबार बालुवाटारमा वान अन वान वार्ता समेत भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell