PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मातृ वियोगको पिडा बोल्ने दुई फरक गीत  



पहिलोपोस्ट

मातृ वियोगको पिडा बोल्ने दुई फरक गीत  

काठमाडौं: सोमबार मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन। यो दिन आमालाई आमालाई विभिन्न उपहार दिने, मिठाइ खुवाउने र आशिर्वाद लिने गरिन्छ । आमाबाट टाढा रहेकाहरुले यो दिनलाई भेटको बहाना समेत बनाउने गरेका छन्।  

आजभोली फोन र इन्टरनेटले आमाबाट टाढा रहेकालाई यो दिनमा आमासँग कुरा गर्न सहज बनाएको छ। तर आमा गुमाएकाहरुको पिडा फरक छ।  यस्तोमा दुई गायकको मातृ वियोगको पिडा समेटिएको गीत यहाँ प्रस्तुत गरेका छौं।

शान्तिमा कोइरालाको स्वरमा 'आमा'

गीतमा शान्तिम कोइरालाले आवाज दिएको गीत 'आमा'लाई जितेन्द्र मल्लले लेखेका हुन्। स्वर्गीय आमा शारदादेवि मल्लको सम्झनामा रचिएको गीतमा कल्याण सिंहको संगीत रहेको छ।  



लेखु सहयात्रिको शब्द तथा स्वरमा 'आमा'

त्यस्तै लेखु सहयात्रिले पनि 'आमा' शीर्षक दिएको गीत सार्वजनिक भएको छ। सहयात्रीको शब्द तथा स्वर रहेको गीतमा राजन खतिवडाको संगीत छ। सहयात्रीले म्युजिक भिडियो पनि रिलिज गरे। भिडियोमा बलिउड डान्स च्याम्पियन सुशान्त खत्री फिचर्ड छन्। अर्जुन अधिकारीको निर्देशनमा बनेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell