PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

यी हुन् 'द भ्वाइस' नेपाल फ्रेञ्चाइजका निर्णायकहरु



पहिलोपोस्ट

यी हुन् 'द भ्वाइस' नेपाल फ्रेञ्चाइजका निर्णायकहरु

काठमाडौं: साउनबाट गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ शुरु हुँदैछ। उक्त प्रतियोगिताको निर्णायकमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सोनुप पौडेल रहने छन्। सोमबार औपचारिक कार्यक्रम आयोजना गरी यस विषयमा जानकारी दिइयो।

कार्यक्रममा फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले आयोजकसँग सहकार्य बारे पनि खबर सार्वजनिक गरिएको छ। ‘द भ्वाइस अफ नेपाल’ आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच सहकार्यको सम्झौता भएको हो। क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान गरे।

नेदरल्याण्डको टाल्पा कम्पनीसँगको समन्वयमा एएनसीले ‘दी भ्वाइस’ ल्याएको हो। नेपाल फ्रेञ्चाइजको सो ‘द भ्वाइस अफ नेपाल’का निर्देशन लक्ष्मण पौडेलले गर्दैछन्।



क्याप्सुल ९ का प्रबन्ध निर्देशक विनोद ढकालले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त गायन रियालिटी सोको नेपाल फ्रेञ्चाइजीसँग सहकार्य गर्न पाउँदाको खुशी व्यक्त गरे। विश्वभरिका १ सय ९२ मुलुकमा सफलतापूर्वक सम्पन्न भइसकेको यो रियालिटी शोको नेपाल फ्रेञ्चाइजीको तयारीमा आयोजक जुटिसकेका छन् ।

जेठबाट प्रसारण गर्ने योजना बनाएको टिमले उक्त समयमा विश्वकप फुटबल हुने भएपछि साउन महिनालाई प्रसारण टार्गेट बनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell