PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

तस्करी नियन्त्रण गर्न प्रहरीको स्पेसल टास्क!



पहिलोपोस्ट

तस्करी नियन्त्रण गर्न प्रहरीको स्पेसल टास्क!

काठमाडौं : देशभित्र हुँदै आएको तस्करी र गुन्डागर्दी नियन्त्रण गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको छ। 

गृह मन्त्रालयको निर्देशन अनुसार नै अहिले तस्करी र गुन्डागर्दी नियन्त्रणको लागि स्पेसल टास्क बनाउने काम शुरु भएको गृह मन्त्रालयले जनाएको छ।

पछिल्ला दिनमा तस्करीका घटनाक्रमसँग जोडिएर हत्यासमेत हुन थालेपछि गृह मन्त्रालय तातेको हो। गृह मन्त्री रामबहादुर थापाले विमानस्थलबाट सुन तस्करी हुने गरेको सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन्। तस्करी र गुन्डागर्दी कायम रहेको भन्दै गृहले यस्तो पहल थालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell