PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

चीन जाँदाजाँदै परराष्ट्रमन्त्रीको प्रेस ब्रिफिङ : परराष्ट्र मामिलाको रिपोर्टिङ गर्दा गम्भीर हुनुस्



पहिलोपोस्ट

चीन जाँदाजाँदै परराष्ट्रमन्त्रीको प्रेस ब्रिफिङ : परराष्ट्र मामिलाको रिपोर्टिङ गर्दा गम्भीर हुनुस्

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परराष्ट्र मामिला सम्बन्धि रिपोर्टिङ गम्भीरता र जिम्मेवारी भएर गर्न आग्रह गरेका छन्। सोमबार उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गर्नु अगाडि परराष्ट्र मन्त्रालयमा परराष्ट्र मामिला रिर्पोटिङ गर्ने पत्रकारहरुलाई 'ब्रिफिङ' गर्दै यस्तो आग्रह गरेका हुन्। 

‘एक सामान्य कुरामा म यहाँहरुको ध्यानाकर्षण गराउन चहान्छु। मलाई विश्वास छ यसलाई यहाँहरुले अन्यथा लिनु हुनेछैन्,’ प्रेस ब्रिफिङका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘परराष्ट्र मामिलामा रिपोर्ट गर्नुहुने यहाँहरु र परराष्ट्र मामिलामा काम गर्नुपर्ने हामीहरुको जिम्मेवारीमा धेरै हदसम्म समानता छ। विदेश मामिलाको कतिपय विषय गम्भीर र संवेदनशील हुने तथा हाम्रा विदेशी मित्रराष्ट्रसँगको कुटनीतिक प्रकृयासँग प्रत्यक्ष जोडिने हुँदा यसबारेमा विमर्श, छलफल र लेखनीमा हामीहरु सबैले आ–आफ्नो ठाँउबाट अपनाउनुपर्ने गम्भीरता र जिम्मेवारीबोधको महत्व उच्च रहेको छ।’ 

उनले यो जिम्मेवारीमा आफूलाई सघाउन समेत पत्रकारहरुलाई आग्रह गरे। उनले यस मामिलामा परराष्ट्र मन्त्रालयले समेत सहयोग गर्ने विश्वास दिलाए। उनले त्यसका लागि मन्त्रालयले प्रेस ब्रिफिङलाई नियमति बनाउदै लैजाने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell