PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

एमाले स्थायी कमिटीको चाहना, वैशाख ९ मै एकता 



रासस

एमाले स्थायी कमिटीको चाहना, वैशाख ९ मै एकता 

काठमाडौँ : नेकपा एमाले को आजको स्थायी कमिटीको बैठकले नेकपा माओवादी केन्द्रसँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ।
 
दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस ९ वैशाखमा नै एकता गर्न सुझाइएको सन्दर्भमा एमाले स्थायी कमिटी बैठक बसेको हो।
 
स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताए। प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिनभर अन्य कार्यक्रम स्थगन गरी एकता प्रक्रियासम्बन्धी छलफलमा जुटेका थिए। उनले बिहान केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए। 

दुई दलबीचको एकता संयोजन समितिको बैठक मंगलबार बिहान राखिएको छ। संयोजन समितिले प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकताको मिति, घोषणा प्रक्रिया, एकतामा सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषणबारेमा निक्र्यौल गर्नुपर्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell