PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आइपीएल : कोलकताको दोस्रो जित, रसेलको आक्रमक ब्याटिङ



पहिलोपोस्ट

आइपीएल : कोलकताको दोस्रो जित, रसेलको आक्रमक ब्याटिङ

नितिश राना र आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङ अनी बलरहरुको उत्कष्ट प्रदर्शन मद्दतमा कोलकता नाइट राइटडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दोस्रो जित हात पारेको छ।

सोमवार भएको खेलमा कोलकताले दिल्ली डेयरडेभिल्सलाई ७१ रनले पराजित गर्‍यो। प्रतियोगितामा ४ मध्ये २ खेल जितेको कोलकता ४ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। उता तेस्रो हारपछि २ अंक मात्र रहेको दिल्ली पुछारबाट दोस्रोमा छ।

प्रतियोगितामा दोस्रो पटक २०० रनको स्कोर बनाउने क्रममा कोलकताले दिल्लीलाई २०१ रनको लक्ष्य दिएको थियो। तर कोलकताको बलिङसामु टिक्न नसक्दा दिल्ली १४-२ ओभरमा १२९ रनमा अलआउट भयो।

दिल्लीका लागि ग्लेन म्याक्सवेलले २२ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ४७ रन बनाए। २६ बल खेलेका रिसव पन्तले ७ चौका र १ छक्काको मद्दतमा ४३ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा कोलकताका सुनिल नारिनले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। यस्तै कुदलिप यादवले ३ तथा पियुष चावला, आन्द्रे रसेल, शिवम मावी र टम कुरानले १-१ विकेट लिए।

त्यसअघि घरेलु मैदान टस हारेपछि पहिले ब्याटिङ गरेको कोलकताले नितिश राना र रसेलको आक्रमक ब्याटिङ मद्दतमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो।

रानाले ३५ बल खेल्दै ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ५९ रन बनाए। यस्तै १२ बल मात्र खेलेका रसेलले ६ छक्काको मद्दतमा ४१ रनको योगदान गरे। कप्तान दिनेश कार्तिरिन उथापाले १९ बलमा २ चौका र ३ छक्काको मद्दतमा ३५ रन बनाए। ओपनर क्रिस लिनले २९ बलमा ३१ रन जोडे।

बलिङमा दिल्लीका राहुल टेवाटियाले ३ तथा ट्रेन्ट बोल्ट र क्रिस मोरिसले २-२ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell