PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

भारतीय दूतावासको इकाई कार्यालयमा बम विस्फोट, पर्खालमा सामान्य क्षति



पहिलोपोस्ट

भारतीय दूतावासको इकाई कार्यालयमा बम विस्फोट, पर्खालमा सामान्य क्षति
प्रतीकात्मक तस्वीर

काठमाडौँः विराटनगरस्थित भारतीय दूतावासको इकाई कार्यालयमा बम विस्फोट भएको छ। सोमबार राति भएको विस्फोटमा भवनको पर्खालमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोटरसाइकलमा आएका दुई युवाले बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। विस्फोट नेत्रविक्रम चन्द विप्लव समूहले गराएको प्रहरी स्रोतको दाबी छ। यद्यपि विस्फोटको जिम्मेवारी कसैले लिएको छैन।

 दश वर्ष अघि सप्तकोशीमा आएको बाढीपछि राहत  र निर्माणको लागि भारतले विराटनगरमा कार्यालय खोलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell