PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

कटुवा पेस्तोलसहित दुईजना पक्राउ



पहिलोपोस्ट

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

नेपालगन्ज बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सोमबार यहाँ सार्वजनिक गरिएको छ।

नेपालगञ्जस्थित संघीय प्रहरी एकाई कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार र शोभाराम यादवलाई एक थान कटुवा पेस्तोलसहित सार्वजनिक गरिएको हो ।

आरोपीबाट प्रहरीले कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन राउण्ड गोली बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।

कोहलपुर–नेपालगञ्जको सडकखण्डमा प्रहरी चेकजाँचका क्रममा भे ३ प ४३४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाएको अवस्थामा प्रहरीले कटुवा पेस्तोल बरामद गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell