PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

एमाले माओवादी निर्णायक वार्तामा, एकताबारे होला सहमति?



पहिलोपोस्ट

एमाले माओवादी निर्णायक वार्तामा, एकताबारे होला सहमति?
फाइल फोटो

काठमाडौँः नेकपा एमाले तथा माओवादी केन्द्रबीच एकीकरणका विषयमा छलफल गर्न वाम एकता संयोजन समिति बैठक बालुवाटारमा सुरु भएको छ। एकता संयोजन समितिमा शीर्ष नेताहरुको प्रतिनिधित्व छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि सोमबार दुई शीर्ष नेताबीच विवादित विषयमा ‘वान टु वान’ छलफल भएको थियो। दुई नेताबीचको छलफलपछि मंगलबार एकता संयोजन समिति बोलाइएको हो।

वैशाख ९ गते पार्टी एकीकरणको लक्ष्य लिइए पनि विवादका कारण मूर्त रुप लिन सकेको छैन। विवादका कारण संवादहिनता नै सिर्जना भएको अवस्थामा सोमबारदेखि पुनः औपचारिक छलफल सुरु भएको हो।

दुई दलबीच केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सङ्ख्या, चुनाव चिह्न र विधानको प्रस्तावनाका विषयमा विवाद छन्। माओवादीले विधानमा जनयुद्ध शब्द राखेर जानुपर्ने अडानमा छ। एमालेले त्यसलाई अस्वीकार गर्दै आएको छ।

यस्तै, सङ्गठनमा ५०–५० प्रतिशतको हिस्सा हुनुपर्ने माओवादीको मागलाई पनि एमालेले अस्वीकार गरेको छ। चुनावी परिणाम अनुसार सङ्गठनमा प्रतिनिधित्वको पक्षमा एमाले छ। चुनाव चिह्न पनि दुबै दलले आ–आफ्नै हुनुपर्ने अडान लिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell