PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते



पहिलोपोस्ट

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
प्रतीकात्मक तस्वीर

विराटनगरः चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुइजना घाइते भएका छन्।

सोलुखम्बुको दूधकोशी–७ बस्ने ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

त्यस्तै, चट्याङमा परेर खोटाङमा दुईजना घाइते भएका छन्। दिक्तेलको रुपाकोट–मझुवागढी–४ बस्ने पुण्यबहादुर कटुवालको चार वर्षीय छोरा प्रेम कटुवाल र सशस्त्र प्रहरी हलेसी गुल्ममा कार्यरत जवान युवराज विश्वकर्मा घाइते भएका हुन्। दुबै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell