PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

काठमाडौंका सिंगल थिएटरमा पनि अब इटिकेटिङ



पहिलोपोस्ट

काठमाडौंका सिंगल थिएटरमा पनि अब इटिकेटिङ

काठमाडौं: उपत्यकामा संचालिच सिंगल थिएटरहरुमा बक्स अफिस प्रणालीको इटिकेटिङ सिस्टम लागु हुने भएको छ। वर्ष २०७५ सालको शुरुवातसँगै फिल्मको टिकेटिङमा नयाँ प्रयास गरिएको हो। साथै मल्टिप्लेक्स सिनेमा घरहरुमा सञ्चालित इटिकेटिङ सिस्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ।   

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्वारा बैशाखको पहिलो साता देखि बक्स अफिस लागु गर्ने भनिएको छ। जस अनुरुप चावहिलस्थित गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण सम्पन्न भएको छ। गोपीकृष्णसँगै कोटेश्वर जडिबुटी अवस्थित पुष्पाञ्जली, बौद्ध स्थीत सिदार्थ र पृथ्वीसंगै कलंकी सिनेमा हलमा बैशाख १० गते देखि नै बक्स अफिस प्रणाली शुरु हुनेछ। ब्रेन डिजिटले सर्भर जडानको काम भइरहेको छ।

'केही दिनमै गोपीकृष्ण मुभिजमा सिनेमा हेर्न आउनुहुने दर्शकहरुले इटिकेटिङ सिस्टमबाट टिकट काट्नु हुनेछ', बोर्डका अध्यक्ष पौडेलले भनिन्। उनले हल संचालक तथा निर्माताहरुकै सल्लाहमा नयाँ आर्थिक बर्ष २०७५/०७६ अर्थात साउनदेखि पूर्णरुपमा देशभरनै बक्स अफिस प्रणाली अनिवार्य लागु हुने दाबी गरिन्। उपत्यका बाहिरका सिनेमा हलहरुमा अहिले सर्भर जडानको काम चलिरहेको जानकारी समेत दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell