PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एमाले - माओवादी एकता: वैशाख ९ मा नहुने, विवादित विषयमा सहमति गर्न दुई अध्यक्षलाई जिम्मेवारी



विधुर ढकाल

एमाले - माओवादी एकता: वैशाख ९ मा नहुने, विवादित विषयमा सहमति गर्न दुई अध्यक्षलाई जिम्मेवारी

काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रबिच वैशाख ९ मा एकता नहुने भएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीको एकताबारे बसेको बैठकले उक्त निष्कर्ष निकालिएको हो।

विवादित विषयमा अझै सहमति हुन नसकेकोले पार्टी एकता ९ गते नहुने भएको हो। प्रतिवेदनका विवादित विषयमा फाइनल टच हुन बाँकी रहेकोले पार्टी एकता रोकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

वैठकपछि नेता श्रेष्ठले भने, 'प्रतिवेदनका विवादित विषय छन्, ती विषयमा फाइनल टच हुन बाँकी छ। यो विषयको टुंगो लगाउन दुइ दलका अध्यक्षलाई जिम्मेवारी दिएको छ।'

श्रेष्ठले एकता वैशाख ९ मा हुने भनेर घोषणा नै नभएको दाबीसमेत गरे। 

फिप्टीफिप्टी कुरा आएकै छैन, चुनाव चिन्हमा कुरा मिलिसक्यो: पोखरेल

नेकपा एमालेमा महासचिव एवं रक्षामन्त्री इश्वर पोखरेलले चुनाव चिन्हमा कुनै विवाद नरहेको बताएका छन्। वैठकपछि उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै सूर्य चिन्हमै सहमति भएकोसमेत दाबी गरे।

यसैगरी उनले पार्टी नेतृत्वमा फिफ्टीफिप्टीमा कुरै आएको नआएको बताए। उनले भने, 'पार्टीमा क्षमता र योगदानको आधारमा प्रतिनिधित्व हुने हो। फिप्टीफिप्टीको कुरै आएको छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell